धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मसान टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उक्त मूल्य बराबरको चकलेट, लेहन्गा, उलन सट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













