• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

‘पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक’

  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित

धनगढी । पर्यापर्यटनको अथाह सम्भावना भएको सुदूरपश्चिम प्रदेशमा सरकार नै पर्यटन व्यवसायीको बाधक बनेको सरोकारवालाले बताएका छन् । प्रदेश सरकारले स्पष्ट नीति ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रले गति लिन नसकेको सरोकारवालाले औंल्याएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिमका पर्यटकीय सम्भावना र युवा उद्यमशीलता’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन् ।

पर्यटन व्यवसायीलाई लगानी गर्ने वातावरण नहुनु र प्रदेशको पर्यटन नीति स्पष्ट नहुँदा पर्यटन व्यवसायीलाई समस्या भइरहेको युवा व्यवसायी तथा पर्यटनकर्मी दिनेशराज भण्डारीले बताए । उनले भने,‘सरकारले युवालाई स्वदेशमै स्वरोजगारी गर भन्छ । तर, अथाह सम्भावना रहेको पर्यटन क्षेत्रमा विभिन्न अल्झन गर्ने खालको नीतिले गर्दा नै युवाहरु स्वरोजगारका लागि तयार हुन सकेका छैनन् ।’

उनले भने,‘कुनै उद्यमीले एउटा फर्म दर्ता गर्नका लागि पाँच सात ठाउँमा धाउनु पर्छ, त्यति धाउँदा धाउँदै ऊ दिक्क भएर विदेश पलायन भइसक्छ ।’ कुनै व्यक्ति व्यवसाय गर्न चाहन्छ भने सरकार नै ऊ कहाँ गएर सहजीकरण गर्नुको साटो उसलाई विभिन्न कागजात माग्ने निहुँमा झन तनाव दिएर विस्थापित गर्ने खालका ऐन कानुन भएकै कारण युवा स्वदेशमा व्यवसाय गर्न छाडेर विदेश पलायन भइरहेको उनले बताए । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सरकारले नीति तथा ऐन समय सुहाउँदो बनाउनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अर्का बक्ता नेपाल एसोसियसन अफ टूर एण्ड ट्राभल्स ऐजेन्ट (नाट्टा) सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंहले सुदूरपश्चिममा पर्यटन क्षेत्रमा अवसर भन्दा चुनौती बढिरहेको बताए । उनले भने,‘हामीले एजेन्सी दर्ता गराएर पर्यटन क्षेत्रमा वर्षौदेखि काम गरिरहेका छौं । तर, यही ऐन कानुनमा रहेर काम गर्नसक्ने अवस्था छैन ।’ पर्यटन क्षेत्रमा काम गरिरहेका युवालाई प्रदेश सरकारको नीति तथा ऐनले हतोत्साहित गरिरहेको उनले बताए । ‘जेनतेन पर्यटन क्षेत्रमा काम गरिरहेका युवालाई टिकाउनुका साटो सरकारले नै नीतिगत रुपमा असहयोग गरिरहेको छ,’ उनले भने,‘प्रदेश सरकारले चाँडोभन्दा चाँडो प्रदेश पर्यटन ऐन २०७७ लाई संशोधन गर्नुपर्दछ ।’ पर्यटन नीति संशोधन नहुँदासम्म पर्यटन व्यवसाय नफष्टाउने उनले दावी गरे । नाट्टा सुदूरपश्चिमले निजी क्षेत्रबाट नै सुदूरपश्चिमको पर्यापर्यटनका क्षेत्रमा काम गरिरहे पनि सरकारी लगानी भने हुन नसकेको जिकिर उनले गरे । ‘सरकारले पर्यटकीय क्षेत्रमा पर्यटकलाई चाहिने आधारभूत भौतिक संरचना नै बनाउन सकेको छैन,’ उनले भने,‘पर्यटकीय क्षेत्रमा पुग्नका लागि सडक तथा पदमार्ग, खानेपानी, विद्युत, सञ्चार सुविधा (मोबाइल नेटवर्किङ) शौचालयसम्म व्यवस्थित छैनन । त्यस्तोमा एक पटक पर्यटक आइसकेपछि अरुलाई पनि त्यहाँ तथा उसले सिफारिस नै गर्दैन ।’

युवाहरुले पर्यटन क्षेत्रमा गरिरहेको व्यवसाय टूर एण्ड ट्राभल्स एजेन्सी प्रदेशको ऐन संशोधन हुन नसक्दा नवीकरण नै गर्न नपाएको बताउँदै उनले भने,‘दर्ता भएको व्यवसायीक फर्म नै नवीकरण हुन सकेका छैनन् । जसले गर्दा सरकारी कामकाज गर्नुका साथै ऋण लिएर व्यवसाय बढाउन समेत समस्या परिरहेको छ ।’ पर्यटन व्यवसायीलाई कानुनी छेकवारले समस्या पारेको उनले दर्साए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका अधिकृत दानबहादुर थापाले सुदूरपश्चिम पर्यटन ऐन २०७७ लाई संशोधनका लागि पटक पटक निर्णय भए पनि त्यो कार्यान्वयन हुन नसकेको स्वीकारे । उनले भने,‘प्रदेश पर्यटन ऐन संशोधन हुन नसक्दा सुदूरपश्चिमको पर्यटन क्षेत्र बलियो हुन सकेको छैन, त्यसका लागि सरकारले संशोधित ऐनको मस्यौदा तयार पारेको छ । तर, एकपटक पर्यटन व्यवसायीसँगको छलफलपछि मात्रै संसदमा लगेर पास भएपछि कार्यान्वयनमा आउँछ, त्यो केही समय लाग्न सक्छ ।’

‘यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकका लागि पूर्वाधार निर्माण हुनुपथ्र्यो, त्यो हुन सकेको छैन,’उनले भने,‘राजनीतिककर्मीको चासो र राजनीतिकै कारण पनि हुन सक्छ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण भन्दा गाउँ टोलमा मठ मन्दिरमा बढी लगानी भएको छ ।’ यसअघिका प्रदेश सरकारले पर्यटन क्षेत्रका लागि आएको बजेटबाट सुदूरपश्चिमका टोलैपिच्छे मठ मन्दिर निर्माण गरेको थियो ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । शुक्रबार दशौं श्रृङ्खलामा ‘सुदूरपश्चिमका पर्यटकीय सम्भावना र युवा उद्यमशीलता’ विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको हो ।

शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.