काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । पार्टीको बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीकोे आयोजना भृकुटीमण्डपमा सभा सुरु हो ।
सो सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन जनाइएको छ । सभाअघि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।














