धनगढी । बाजुरेली सेवा समाज धनगढीको आयोजनामा धनगढीस्थित रंगशालामा भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता जारी छ । शुक्रबारबाट सुरु भएको महोत्सव भोलि आइतबार समापन हुने छ ।
आज महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतियोगी टीमले भुवाचाली खेल प्रस्तुत गरिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, डोटी, अछाम, बझाङ लगायतका क्षेत्रमा आ–आफ्नै संस्कार र परम्परा अनुसार भूवापर्व मनाउँदै आइएको छ।
पछिल्ला वर्षहरूमा पहाडबाट तराईका जिल्लाहरुमा बसाई सरेका समुदायहरूले पनि निरन्तर रूपमा यो पर्व मनाउँदै आएका छन् । पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा यो पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसीयालीस्वरूप सो युद्धमा प्रयोग गरिएका ढाल र तरवार नचाई खेलिने खेल नै आजको भुवाचाली खेलको रूपमा विकास भएको ऐतिहासिक मान्यता रहेको जानकारहरु बताउँछन् ।
तस्बिरहरु














