• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

‘तीन तहका सरकारको तालमेल नहुँदा स्वास्थ्यमा समस्या’

  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित

धनगढी । संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल हुन नसक्दा स्वास्थ्य क्षेत्रमा समस्या बल्झिरहेको छ । संघीय सरकारले गरेका नीति प्रदेशले नमान्ने र प्रदेशले गरेको स्वास्थ्य नीति स्थानीय तहले नमान्दा स्वास्थ्य क्षेत्र समस्यामा रुमल्ली रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले औंल्याएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिमको स्वास्थ्य : सरकारी प्रयास र निजी लगानी’ विषयक बहसमा बोल्दै स्वास्थ्यविज्ञ तथा वक्ताहरुले सो कुरा बताएका हुन् ।

देश संघीय शासन प्रणालीमा जाँदै गर्दा स्वास्थ्य क्षेत्रलाई कसरी लैजाने भन्नेमा परेको अलमलले अहिलेसम्म असर परिरहेको बताउँदै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले भने,‘देश संघीयतामा जाँदै गर्दा स्वास्थ्य सेवा लरबराएको थियो, समायोजनपश्चात केही समस्या आयो । समायोजनमै हामी अलमलियौं । त्यसको असर अहिलेसम्म परिरहेको छ ।’

समायोजनपश्चात् कुन तहको सरकारको स्वास्थ्य क्षेत्रमा कति दायरा छ भन्ने बुझाउन नसक्दा पनि समस्यामा उल्झन बढ्दै गएको उनले बताए । उनले भने,‘आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको निःशुल्क पहुँच हो । तर, विशेषज्ञ स्वास्थ्य सेवा जस्ता सेवाहरु निःशुल्क हैनन् भन्ने पनि बुझाउन नसक्दा स्थानीय तहदेखि आम नागरिकसम्म समस्या छ ।’

स्वास्थ्य संस्थामा दिइने ९८ प्रकारका निःशुल्क औषधिमध्ये पनि संघीय, प्रदेश र स्थानीय तहका कुन कुन औषधि हुन् भनेर बुझाउन नसकेको उनले बताए । ‘स्वास्थ्य क्षेत्रमा सबै तहको आ–आफ्नै अधिकार र कर्तव्य छ,’ उनले भने,‘त्यसका लागि सबै तहको सरकारले आफ्नो जिम्मेबारी बहन गरे स्वास्थ्य सेवा सहज हुनसक्छ ।’

पछिल्ला दस वर्षयता भने सुदूरपश्चिममा स्वास्थ्य सेवाले फड्को मारेको उनले जिकिर गरे । उनले भने,‘एउटा मात्रै ठूलो रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा राखेर विभिन्न विशेषज्ञ स्वास्थ्य सेवासहितका सेवाहरु दिइरहेका छौँ भने प्रदेशमा जटिल प्रकारका सल्यक्रिया हुनुका साथै आइसियु, भेन्टिलेटर जस्ता सेवाहरु दिन सकिएको छ ।’ दुर्गममा पनि चिकित्सकीय सेवा प्रदान गर्न सम्भव भएको उनले बताए । ‘बाजुरालगायतका दुर्गम जिल्लामा ल्याव तथा डाइग्नोसिस सेवा पनि सुरुवात भएको छ,’ उनले भने,‘यो स्वास्थ्य सेवामा उपलब्धि मान्न सकिन्छ ।’

सुदूरपश्चिममा स्वास्थ्य सेवामा फड्को मारेपनि चिकित्सकका आफ्नै समस्या रहेको नेपाल चिकित्सक एसोसियसन सुदूरपश्चिम अध्यक्ष डा. खगेन्द्र भट्टले बताए । उनले भने,‘स्रोत साधनको उपलब्धताका आधारमा भन्ने हो भने सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा राम्रो छ । समस्या भने विशेषज्ञ चिकित्सक नहुनु, भएका चिकित्सकलाई दिइने सेवा सुविधा पर्याप्त नहुनु नै समस्या छ ।’

प्रदेश सरकारले तलब मात्रै दिएर चिकित्सकलाई चिकित्सकीय सेवामा लगाउनु भन्दा पनि उपदान तथा प्रोत्साहन भत्ता पनि दिइनु पर्ने उनले बताए । उनले भने,‘प्रदेश सरकार आफैले विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेर गरेको निर्णय नै २ वर्षदेखि कार्यान्वयन गर्न सकेको छैन । जसका कारण विशेषज्ञ चिकित्सकले उक्त भन्दा पाउन सकेका छैनन् ।’

सरकारी अस्पतालमा काम गर्नु भन्दा चिकित्सकहरु निजीमा जान रुचाउने गरेको उनले बताए । उनले भने,‘सरकारी अस्पताल भन्दा राम्र्रे सेवा सुविधा चिकित्सकले निजी अस्पतालमा पाउने गरेका छन् । तसर्थ पनि चिकित्सकहरु निजीमा आकर्षित छन् ।’

सरकारी निकायले दिन नसकेको स्वास्थ्य सेवा यहाँका निजी अस्पतालहरुले दिइरहेको एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल सुदूरपश्चिम अध्यक्ष तीर्थराज पन्तले बताए । उनले भने,‘पछिल्ला वर्षहरुमा सुदूरपश्चिममा मेडिकल क्षेत्रमा सुधार भइरहेको छ । यहाँका व्यवसायीक व्यक्तिहरुले निजी लगानीमा ठूला अस्पताल तथा मेडिकल सञ्चालन गरिदिएका कारण सुदूरका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका छन् ।’

स्वास्थ्यमा निजी क्षेत्रले अझै धेरै ठूलो फड्को मार्ने भए पनि प्रदेश सरकारको स्वास्थ्य नीतिका कारण समस्यामा परिरहेको उनले बताए ।
निजी अस्पतालले महँगोमा उपचार गराइरहेको भन्ने जनगुनासो आए पनि त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकहरु बाहिरबाट महंगोमा ल्याउनु पर्ने र सरकारले दिने सेवा सुविधा भन्दा गुणस्तरीय सेवा सुविधा दिइनु पनि भएको उनले बताए । सुदूरपश्चिम प्रदेशको समग्र स्वास्थ्य सेवालाई सरकार र निजी क्षेत्रले मिलेर हातेमालो गर्नुपर्ने उनी बताउँछन् ।

कार्यक्रममा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी, सिपी अस्पतालका प्रबन्ध निर्देशक रमेश पाण्डेय, केजी अस्पतालका प्रवन्ध निर्देशक डा. दीपककुमार सिंह, सेती अस्पतालका डा. प्रदिप मिश्र, नवजीवन अस्पतालका कार्यकारी प्रवन्ध निर्देशक चक्र कडायतलगायतका स्वास्थ्य क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । शनिबार ११ औं श्रृङ्खलामा ‘सुदूरपश्चिमको स्वास्थ्यःसरकारी प्रयास र निजी लगानी’ विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको हो ।

शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.