धनगढी । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
सोमबार जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ७४ हजार ५ सय ९० बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।
उक्त मूल्यका इलेक्ट्रोनिक, हाडवेयर र किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













