धनगढी । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको जानकी गाउँपालिका-२ बस्ने २९ वर्षीय श्यामलाल चौधरी करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जानकी गाउँपालिका-२ प्रगतिनगरस्थित रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















