धनगढी । कैलालीबाट जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा जिल्लाको धनगढी उपमहानगरपालिका-१२ मनहेरा बस्ने ३८ वर्षीय झंकुराम डगौरा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
डगौराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई सोमाबार पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













