धनगढी । कैलालीबाट २४ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
कैलाली जिल्ला अदालतको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई जिल्लाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













