काठमाडौँ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोग डर, पीडा समेत भएकाले नेपालमा यो रोग चुनौतीका रूपमा देखा परेको बताएका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रचण्डले आफ्ना लागि क्यान्सर नमिठो अनुभूति समेत रहेको बताएका हुन् ।
‘क्यान्सर केवल एउटा रोग मात्र होइन । यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो’प्रचण्डले भनेका छन्, ‘यो निरन्तर सङ्घर्ष हो । त्यसैले क्यान्सरसँग लडिरहेका हरेक बिरामीको कथा फरक हुन्छ, उनीहरूको आँसु फरक हुन्छ, आशा फरक हुन्छ ।’
आर्थिक अभावकै कारण कसैले उपचारबाट वन्चित हुनुपर्छ भन्ने कुरा मेरो लागि कहिल्यै स्वीकार्य थिएन । यही सोचका साथ आफु प्रधानमन्त्रीको रुपमा जिम्मेवारी बहन गर्दा उपचार सेवा विस्तार,क्यान्सर उपचार संस्थाहरुको विकास तथा स्तन र पाठेघरको क्यान्सर निशुल्क प्रारम्भिक परीक्षण र उपचारलाई विशेष कार्यक्रमका रुपमा अघि बढाइएको समेत संदेशमा उल्लेख छ ।














