काठमडौँ – विश्व मुटु महासङ्घका अनुसार मुटु रोगका कारण विश्वभर बर्सेनि करिब १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटु रोग महामारीकै रूपमा फैलिने भविष्यवाणी समेत गरेको छ । मुटु रोगमा हृदयाघात प्रमुख हो । मुटुका मांसपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्त नलीहरू साँगुरो वा बन्द हुनाले हृदयाघात हुन्छ । हृदयाघात पनि एक प्रकारको कोरोनरी मुटु रोग नै हो ।
हृदयाघातबाट कसरी बच्ने ?
– खानामा प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
– तारेको खाना नखाने, चिनी, नुन र चिल्लो सकेसम्म कम खाने ।
– दैनिक आधा घण्टा शारीरिक कसरत र व्यायाम गर्ने ।
– धूम्रपानका साथै सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने ।
– शारीरिक तौल ठिक राख्ने ।
– सकारात्मक चिन्तन राख्ने ।
– पारिवारिक वातावरणमा बस्ने ।
– चिन्ता नलिने ।
– जङ्क फुड नखाने ।
स्मरण रहोस्, एक्कासि छाती दुख्न थाल्यो भने एक चक्की एस्पिरिन खानु पर्दछ । यसले हृदयाघातबाट हुने मृत्यु टर्ने गर्दछ । तत्कालै ३०० मिलिग्रामको एउटा एस्पिरिन चक्की लिन सकिएमा करिब एक चौथाइ मृत्युलाई टार्न सकिन्छ । सबै प्रकारका छाती दुखाई हर्ट एट्याक नभए पनि एस्पिरिन खादा स्वास्थ्यलाई कुनै घाटा हुँदैन ।























