कञ्चनपुर । कञ्चनपुरको एक बाख्रा खोरमा आगलागी हुदा ५ लाखको धनमाल जलेर नष्ट भएको छ । कञ्चनपुरको भिमदत्त १० तिल्केनि बस्ने बर्ष ४५ को कृष्ण खत्रीको घर नजिकै रहेको बाख्राको कच्ची गोठमा शनिवार दिउँसो अचानक आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
गोठ र गोठ नजिकै रहेको मोटरसाइकल थान-१, चम्पा टेक्टर थान-१ लगायतका सामानहरू गरी जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














