• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

थारु भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

पहिले थारु समुदायका घरका भित्तामा रुख, बेहुलाबेहुलीलाई डोलीमा बोकेको, हात्ती, घोडा, मयूर, चरा, गोरु जोत्दै गरेका किसान, मान्छे, माछा, कछुवा, चित्तल, बाघ, भालु, गणेश, शिवपार्वतीलगायतका चित्र बनाउने गरिन्थे । चित्र बनाउने काममा महिला निपूण हुन्थे ।

ती चित्रहरू केवल सजावटमात्र नभई जीवन दर्शन, धार्मिक आस्था, प्रकृतिप्रतिको श्रद्धा र सामाजिक संस्कारको प्रतीकका रूपमा चिनिन्थे । भित्ते चित्रमार्फत थारू समुदायले आफ्नो रहनसहन, वन्यजन्तु, जलजङ्गल, खेतीपाती, विवाह संस्कार र देवदेवतासँगको सम्बन्धलाई अभिव्यक्त गर्दथे । राना थारु समुदायका अगुवा जगता राना भन्छन्, “गहुँबाली भित्र्याएर फुर्सदिला भएको समयमा विशेषगरी वैशाख–जेठमा नयाँ घर बनाउने र पुराना घर मर्मत गर्ने काम हुन्थ्यो, महिलाले माटो ल्याएर घर लिपपोत गर्ने र त्यही बेला भित्तामा चित्र बनाउने चलन थियो, त्यो हाम्रो संस्कृति र पहिचानको भाग थियो ।” उनका अनुसार गाउँका सबै महिला मिलेर सामूहिक रूपमा घर लिपपोत गर्ने चलन थियो । भित्ता लिपपोत गर्दा सिपालु महिलाले माटो उकेरेर चित्र बनाउने गर्थे । यसले गाउँमा आपसी सहयोग, मेलमिलाप र सामुदायिक एकता पनि बढाउने काम गथ्र्यो ।

थारू गाउँमा बडघर चयन प्रक्रिया सकिएपछि गाउँमा अंशवण्डा गर्ने, घर निर्माण गर्ने र मर्मत गर्ने योजना बनाउने परम्परा छ । योजनाअनुसार गाउँका सबै मानिस सामूहिक रूपमा एकअर्काको घर बनाउने चलन परापूर्वकालदेखि चल्दै आएको थारू अगुवा हवलदार चौधरी बताउछन्।

उनका अनुसार सहर नजिकका गाउँमा पक्की घर निर्माण बढेसँगै सामूहिक रूपमा घर बनाउने र भित्तामा चित्र बनाउने चलन विस्तारै हराउँदै गएको छ, तर विकट ग्रामीण गाउँहरूमा भने अझै केही हदसम्म यो परम्परा बाँकी छ । भित्ते चित्रहरूमा देखाइने चित्रको पनि आफ्नै अर्थ र प्रतीकात्मक महत्व हुने गरेको उनी बताउछन् ।

“भित्तामा कोरिने चित्रमा घोडालाई यातायातको साधन र शक्ति तथा गतिशीलताको प्रतीक मानिन्थ्यो”, उनले भने, “कछुवालाई लामो आयु र धैर्यको प्रतीक मानिन्थ्यो भने मयूरलाई सौन्दर्य र समृद्धिको प्रतीकका रूपमा चित्रमा राखिन्थ्यो, हात्ती शक्ति र गौरवको प्रतीक मानिन्थ्यो, डोलामा बेहुलाबेहुली बोकेको चित्र विवाह संस्कार र पारिवारिक सम्बन्धको महत्व दर्शाउने चित्रका रूपमा बनाइन्थ्यो ।”

देखतभूलीका वृद्धा द्रोपती राना भने, “कच्ची माटो र काठले बनेका घरमा बस्दा आफ्नै हातले माटोको भित्तामा चित्र बनाउँथ्यौ, त्यो चित्र बनाउने कला हजुरआमाबाट सिकेको थिएँ, अहिले त कोर्ने मान्छे पनि छैनन्, न माटोको भित्तो नै बाँकी छ ।” उनका अनुसार विशेषगरी चित्र बनाउने काममा महिलाहरूको मुख्य जिम्मेवारी मानिन्थ्यो र आमा–हजुरआमाले छोरीहरूलाई यो कला सिकाउने गर्थे । यसरी पुस्तौँदेखि पुस्तामा यो कला हस्तान्तरण हुँदै आएको थियो ।

तर पछिल्ला दशकमा पक्की घर निर्माणको बढ्दो चलनसँगै माटोको भित्तो हराउँदै गयो । माटोको भित्तो नभएपछि भित्तेचित्र बनाउने परम्परा पनि हराउँदै गएको पिपलाडी गाउँका स्थानीय बासिन्दा बिलबहादुर चौधरी बताउछन्। “पहिले घर बनाउँदा महिलाहरूले भित्तामा चित्र कोर्थे, अहिले सिमेन्टको भित्तामा पेन्ट लगाइन्छ, माटोको चित्र बनाउने चलन हरायो”, उनले भने “खोजेर पनि ती चित्र पाउनै मुस्किल छ ।”

घरको भित्तामा बनाइने चित्रमा केही घरमा रङ भर्ने चलन पनि थियो । केहीले रङबिना पनि चित्र बनाउने गर्दथे । चित्र बनाउन प्रयोग हुने रङ पनि प्राकृतिक सामग्रीबाट तयार गरिन्थे । हल्दीबाट पहेँलो रङ, रातो माटोबाट रातो रङ, खरानीबाट खैरो वा कालो रङ, रुखको बोक्रा र पातबाट हरियो तथा अन्य रङ बनाइन्थे । यसले वातावरणमैत्री र प्राकृतिक जीवनशैली झल्काउँथ्यो ।

थारू सांस्कृतिक जानकार नरेन्द्रप्रसाद चौधरीका अनुसार थारू भित्ते चित्रकला केवल कलामात्र नभई समुदायको इतिहास, संस्कृति र जीवन दर्शन बोकेको जीवित दस्तावेजका रूपमा रहेको छ । चित्रहरूमा प्रकृतिप्रतिको श्रद्धा, वन्यजन्तुसँगको सहअस्तित्व, खेतीपाती, सामाजिक संस्कार, विवाह, देवीदेवताप्रतिको आस्थालगायत विषय चित्रित हुन्थे ।

“हामीलाई बाल्यकालमा आमा–हजुरआमाले चित्र कोरेको हेर्दथ्यौँ, अहिले त्यही कला देख्नै दुलर्भ भइसक्यो, विद्यालयको पाठ्यक्रममा यस्तो परम्परालाई जीवन्त राख्न पाए नयाँ पुस्ताले सिक्ने थिए । “यो लोक चित्रकला संरक्षण गर्न विद्यालयस्तरबाटै सुरु गर्न आवश्यक छ”, उनले भने, “विद्यालयको पाठ्यक्रममा थारू कला संस्कृति समावेश गर्ने, स्थानीयस्तरमा चित्रकला तालिम सञ्चालन गर्ने, गाउँमा भित्तेचित्र महोत्सव आयोजना गर्ने र सङ्ग्रहालयमा थारू भित्तेचित्रको नमूना राख्नेजस्ता कार्यक्रम सञ्चालन गर्न सके यो कला पुनर्जीवित हुनसक्छ ।”

यसका साथै अहिले पक्की घरको भित्तामा पनि पेन्ट प्रयोग गरेर परम्परागत चित्र बनाउने अभ्यास सुरु गर्न सकिने उनी बताउछन् । यस कार्यले आधुनिक घरमा पनि परम्परागत कला जोगाउन सहयोग पुग्नेछ ।

“थारू भित्ते चित्रकला केवल घर सजाउने माध्यममात्र थिएन”, थारू बुद्धिजीवी चन्द्रलाल चौधरीले भने, “त्यो सामुदायिक आत्माभिव्यक्तिको माध्यम पनि थियो, घर लिपपोत गर्ने, चित्र बनाउने, घर निर्माण गर्नेजस्ता काम सामूहिक रूपमा गरिन्थ्यो, जसले गाउँमा एकता, सहयोग र सामाजिक सम्बन्ध मजबुत बनाउने काम गथ्र्यो, अहिले ती परम्परा पनि विस्तारै हराउँदै गएका छन् ।”

“माटोको भित्तामा कोरिएका ती चित्रहरू विस्तारै मेटिँदै गएका छन्”, उनी अगाडि थप्छन्, “ती चित्रहरूले बोकेको इतिहास, संस्कृति र पहिचान अझै जीवित छ, अब आवश्यक छ– त्यो इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने, भित्तामा फेरि चित्र उकेर्ने रङ भराउने र हराउँदै गएको यो मौलिक कला पुनः जीवन्त बनाउने प्रयास गर्ने ।”

“समयमै संरक्षण, तालिम, सचेतना र सरकारी पहल हुनसके भोलिका दिनमा थारू गाउँका भित्तामा फेरि हात्ती, घोडा, मयूर, बेहुलाबेहुली र प्रकृतिका चित्रहरू देख्न पाइने आशा अझै बाँकी छ, त्यो दिन आउने कि नआउने भन्ने कुरा भने अहिलेको पुस्ताको प्रयासमा निर्भर रहनेछ”, उनी भन्छन् ।रासस

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.