धनगढी– गायक मेघजन कडायतले भ्रष्टाचार विरुद्धको देउडा गीतको म्युजिक भिडिओ बजारमा ल्याएका छन् ।
आफ्नै शब्द सृजना रहेको गीतमा उनको आफ्नै स्वर छ । उनलाई सरस्वती बिकले स्वरमा साथ दिएकी छन् । गीतमा नेतालाई सुध्रिन सुझाव दिनुका साथै जनतालाई सही नेता छान्न सन्देश दिइएको छ ।
गीतको म्युजिक भिडियोमा स्वयम मेघजन, झर्ना बोहरा, हेमराज अधिकारी (खण्ट्याखलास) लगायतले अभिनय गरेका छन् ।
गीतको म्युजिक भिडिओलाई भीम बिस्टले निर्देशन गरेका छन् ।
https://youtu.be/IU4RgpYMOdo













