धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटघाट भएको छ ।
शनिबार प्रदेश प्रमुख निवासमा दुई पक्ष बीच भेटघाट भएको हो।
भेटमा समसमायिक राजनीति र प्रदेश सभाको आठौं अधिवेशन आह्वानका विषयमा कुराकानी भएको जनाइएको छ ।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहिबार अपराह्न ४:०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन ।













