काठमाडौं- अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।
उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।
त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि उनका फ्यानहरु चकित भएका छन् । फेसबुक डिएक्टिभेट गर्नुको कारण भने खुलेको छैन ।













