धनगढी । कैलाली र कञ्चनपुरबाट विभिन्न मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएकी कैलालीको धनगढी उपमहानगरपालिका-२ श्रीलङ्का टोल बस्ने ३२ वर्षीया शान्तीदेवी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
त्यस्तै,जिल्ला अदालत कञ्चनपुरको मिति २०८ माघ २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३० वर्षीय दिलु बादी र सोही ठाउँ बस्ने २७ वर्षीया अन्नु सुनारलाई इलाका प्रहरी कार्यालय झलारीसमेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार सोही ठाउँ वाणी बजारबाट पक्राउ गरेको जनाएको छ ।













