धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ सिसा पोष्ट नजिक, वडा नं ९ त्रिवेणीघाट र टीकापुर नगरपालिका-९ भयाभाडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ४१ हजार ४८० बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका कुर्ता सुरवाल, कुर्ती, माछा मार्ने जाल, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













