धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ७ बर्ष कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका-८ बस्ने ४६ वर्षीय प्यारेकमल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













