धनगढी । कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।
बिहीवार जिल्लाको टीकापुर नगरपालिका-१ लम्की टीकापुर सडकखण्डबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७ ग्राम २७० मिलिग्राम सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश लामिछाने र २५ वर्षकै गोबिन्द घर्तीमगर रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-००८ प १३४३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ,मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ ।













