• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीमा पनि मनाइयो ‘२३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित

धनगढी । कृषि ज्ञान केन्द्र कैलालीले पनि ‘२३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३’ मनाएको छ ।
आज सो अवसरका कैलारी गाउँपालिका–७ बसन्तामा एक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीले पहिले धान छरेर उत्पादन गर्ने परम्परा रहेको बताउँदै अहिले समय परिवर्तन हुँदै जाँदा हातले रोप्ने हुँदै मेसिनले रोप्ने समय आइकेको बताइन् । धान रोप्ने प्रविधिमा भएको विकासले उत्पादनमा पनि फरक हुँदै गएको उनले बताइन् ।

त्यस्तै,कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले संघ,प्रदेश तथा स्थानीय सरकारले किसानलाई खासै सम्बोधन गर्न नसकेको बताए । उनले पालिकाले किसानका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले पालिकाले किसानलाई विभिन्न किसिमका साना यन्त्र उपकरण दिँदै आएको पनि बताए ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले नेपालका ६० प्रतिशत र सुदूरपश्चिममका ८४ प्रतिशत जनता कृषिमा आवद्ध रहेको बताए ।

कृषि अर्थतन्त्र,सामाजिक विकास,जीविकोपार्जन,खाद्य सुरक्षाका लागि प्रमुख आधारका रुपमा रहेको बताए । उनले कृषि सही दिशामा नगए कुनै पनि चिज अगाडि बढ्न नसक्ने बताए ।

कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले मनसुन सुरु हुनु अगाबै धान रोप्दा सिचाइमा लागत बढी लाग्ने भएकाले मनसुनसँगै धान रोप्नु पर्ने बताए । उनले त्यस्तो गर्दा सिचाइको लागत घट्ने बताए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले जन्मेदेखि मृत्युसम्म विभिन्न संस्कारमा धानको महत्व रहेको बताए । उनले धान नेपालको संस्कृति समेत भएको बताए ।

उनले पछिल्लो समय कृषिमा हुँदै गएको प्रविधिको विकाससँगै धानको उत्पादकत्व पनि बढ्दै गएको उनले बताए ।कार्यक्रममा सो क्षेत्रमा जनप्रतिनिध,कर्मचारी तथा स्थानीयले खेतमा धानसमेत रोपेका थिए ।

तीन जना कृषक पुरस्कृत
सोही कार्यक्रममा ज्ञान केन्द्रले तीन जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार–२०८३’बाट पुरस्कृत गरेको छ ।

घोडाघोडी नगरपालिका–२ का माछापालक कृषक मनोज खनाल,घोडाघोडी नगरपालिका–८ का तरकारीखेती गर्ने धनबहादुर चौधरी र चुरे गाउँपालिका–१ का फलफूल खेती गर्ने रीताकुमारी देउवालाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही नगद २५ हजार,प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीले नगदसहित प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.