धनगढी । दार्चुलामा अवैध लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ८ ग्राम सहित नौगाड गाउँपालिका– ४ घर भई हाल महाकाली नगरपालिका–४ मोहती बस्ने २० वर्षीय सुरज ठगुन्नालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएइको छ ।
अस्थायी प्रहरी पोष्ट पुलघाटँबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















