धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.३५ हजार बराबरका सुटपिस, भुटेको चना लगायतका सामानहरु सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त सामान वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













