धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ६३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको जनाएको छ ।



















