धनगढी । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य दानबहादुर विश्वकर्माको ७२ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको मंगलबार साँझ निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विश्वकर्मा दलित आन्दोलनका अग्रज व्यक्तित्व हुन् ।
विश्वकर्माले लामो समयदेखि दलित अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए। विश्वकर्माले दलित समुदायका सीप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् । उनको ‘शिल्पी समुदायको इतिहास’ पुस्तक दलित समुदायको इतिहास र पहिचानसम्बन्धी महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा परिचित छ।













