धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह, भजनी नगरपालिका-५ ठेकीपुल र हलौनाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख १८ हजार ६५० बराबरको बिडी, सुर्ती, पेय पदार्थ, ल्वाङ, सुकमेल, कुर्ती, सुटपिस, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













