धनगढी । कञ्चनपुरबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन ।
जिल्लाको भीमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल दमाई र २२ वर्षकै शाहिल दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कमल दमाईको घर कोठा भित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारि निजहरु दुवै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी,भिमदत्त नगरपालिका-४ बजारबाट नियन्त्रित लागूऔषध डाइजापाम एम्पुल २ थान, ब्रोफिन नाफडा एम्पुल ८ थान, फेनारगन एम्पुल ८ थान र सिरिन्ज ३ थानसहित बेतकोट नगरपालिका-१ पिपलथला घर भइ हाल भीमदत्त नगरपालिका-४ बजारस्थित कोठा गरि बस्ने २२ वर्षीय गोबिन्दबहादुर साँउदलाई बुधबार वेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले निजको कोठा खानतलासी गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















