धनगढी । कैलालीमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको बर्दगोरिया गाउँपालिका-६ जगतपुर बस्ने २३ वर्षीय समिर डगौरा रहेको प्रहरीले जनाएको छ ।
डगौराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













