धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४१० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २० वर्षीय अमित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।













