धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
कैलाली जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १६ दिन कैद सजाय र रु.२ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















