धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
कैलाली जिल्ला अदालतको फैसलाले अपहरण/बन्धक मुद्दामा ६ बर्ष कैद सजाय तोकिएका गौरीगंगा नगरपालिका-३ कुचैनी बस्ने ३३ वर्षीय जीतबहादुर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले आइतबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















