काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरेको घटनाको छानबिन गरी कारबाही गर्न माग गरेको छ।
उक्त कार्यले सञ्चारमाध्यममा आतंक सिर्जना भएको महासंघको ठहर छ।
सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालयन टिभीको कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले सञ्चारमाध्यमको सुरक्षामा जोड दिन माग गरेको छ।
‘महासंघ सञ्चारमाध्यम र अधिकार उपभोगमा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गेटमा राखिएका गाडी हटाएर प्रहरीले छानबिन अघि बढाएको छ।













