धनगढी । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धामीले ती बालिकालाई २०८३ असार २४ गते घरबाट अत्तरिया बोलाई होटलमा राखि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धामीलाई धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट पक्राउ गरेको तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















