धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री छन ।
उनले आजै सत्तारुढ दल एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की,भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँदलाई बर्खास्त गरेका थिए ।













