धनगढी । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत पत्रिकाको PDF अपलोड गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न भएको छ। सम्बन्धित सर्भर डाउन भएपछि तोकिएको समयभित्र PDF अपलोड गर्न नसकिएको जनाइएको छ।
सर्भरमा आएको अवरोधका कारण प्रकाशक तथा सञ्चारमाध्यमहरू समयमै आफ्नो पत्रिकाको PDF प्रणालीमा अपलोड गर्नबाट वञ्चित भएका छन्। यसले सरकारी प्रक्रियामा समेत असर पारेको भन्दै सम्बन्धित निकायसँग अपलोडको म्याद तत्काल थप गर्न माग गरिएको छ।
प्राविधिक समस्या सेवाग्राहीको नियन्त्रणबाहिरको विषय भएकाले सर्भर सञ्चालनमा आएपछि मात्रै PDF अपलोड सम्भव हुने अवस्था रहेको छ। त्यसैले सबै सञ्चारमाध्यमलाई समान अवसर सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल समयावधि थप गरी सूचना जारी गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।













