धनगढी । कञ्चनपुर र कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेला र दोधारा चाँदनी नगरपालिका- ६ आम बगैचा सडकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ७३ हजार ४४० बराबरको पेय पदार्थ, सावुन, स्याम्पु, इलेक्ट्रिक स्कुटर लगायतका सामानहरु शनिबार नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-१९ बहुलियाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३७ हजार ८०० बराबरको विभिन्न किसिमका भाँडा लगायतका सामानहरु शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













