धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशील घर्तीमगरलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।













