धनगढी । कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको गौरीगंगा नगरपालिका-८ देउराली टोल बस्ने २९ वर्षीय पदम दर्लामी मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
गौरीगंगा नगरपालिका-८ बढैपुर स्थित शिवशक्ति सामुदायिक बनको जंगल भित्र सालको रुखको टोड्का भित्र दर्लामी मगरले लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक एक थान फेला पारी आवश्यक कानुनी प्रकृया पूरा गरी उक्त भरुवा बन्दुक र निजलाई सोमबार पक्राउ गरेको उनले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
दर्लामी मगरलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।













