• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • १०. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। तर दुध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन।

बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको लाभ लिन सकेका छैनन्। सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक रूपमा तीन लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको छ। त्यसमध्ये ६१ प्रतिशतभन्दा बढी भैँसी र ३८ प्रतिशतभन्दा बढी गाईको दुधको हिस्सा छ।

तथ्याङ्क अनुसार कैलाली प्रदेशकै सबैभन्दा बढी दुध उत्पादन गर्ने जिल्ला हो, जहाँ वार्षिक ९५ हजार ८९० मेट्रिक टन दुध उत्पादन हुन्छ। कञ्चनपुर दोस्रो स्थानमा रहेको छ, जहाँ ८८ हजार ३७६ मेट्रिक टन दुध उत्पादन हुँदै आएको छ। ती दुई जिल्लाले मात्रै प्रदेशको करिब ५२ प्रतिशत दुध उत्पादनमा योगदान गरिरहेको पाइएको छ।

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काका अनुसार, बैतडीमा ३९ हजार ६१५, डोटीमा २५ हजार ४०७, डडेलधुरामा २३ हजार ९५३, अछाममा २२ हजार ९४५, बझाङमा २१ हजार ९९३, दार्चुलामा १९ हजार ६४८ र बाजुरामा १८ हजार ४४७ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ।

जिल्लागत रूपमा रहेको त्यस आँकडाले प्रदेशलाई दुग्ध उत्पादनको दृष्टिले बलियो आधार दिएको छ। ती जिल्लामा उत्पादन बढ्दै गए पनि अधिकांश दुध स्थानीय तथा अनौपचारिक बजारमै खपत हुने गरेको छ। औपचारिक सङ्कलन प्रणालीमा नआउँदा दुधको गुणस्तर परीक्षण, पारदर्शी भुक्तानी, प्रशोधन तथा मूल्य अभिवृद्धिजस्ता प्रक्रिया प्रभावकारी बन्न नसकेको जानकारहरू बताउँछन्।

दुग्ध क्षेत्रका विज्ञहरूका अनुसार नेपालको कुल दुध उत्पादनमध्ये करिब १७ प्रतिशत मात्रै औपचारिक रूपमा प्रशोधन र प्याकेजिङ भई बजारमा पुग्ने गरेको अनुमान छ। उत्पादित दुधको करिब ३३ प्रतिशत अनौपचारिक बजारमार्फत बिक्री हुन्छ भने आधा जति दुध गाउँघरमै उपभोग हुने गरेको छ।

नेपाल डेरी एसोसिएसन, सुदूरपश्चिमका अध्यक्ष भूपेन्द्र थापा सुदूरपश्चिममा उत्पादन बढे पनि त्यसबाट सिर्जना हुनसक्ने लाभ भने लिन नसकिएको बताउँछन्।

थापाले भनेका छन्, ‘नेपालको प्रतिव्यक्ति दुध उपलब्धता वार्षिक करिब ९० लिटर छ, तर सुदूरपश्चिममा १२० देखि १३० लिटरसम्म पुगेको छ। यसले हामी उत्पादनमा आत्मनिर्भर भएको त देखाउँछ, तर वितरण, प्रशोधन र बजार व्यवस्थापनमा भने समस्या छ।’

उत्पादनलाई औपचारिक बजार शृङ्खलामा जोड्दै किसान र राज्यले लाभ लिने अवस्था बन्नुपर्नेमा जोड दिँदै थापाले थपेका छन्, ‘त्यसैले दुध उत्पादन बढ्नु मात्रै पर्याप्त होइन, हाल त्यो एकदमै कमजोर छ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साह प्रदेशमा दैनिक १० लाख लिटर दुध उत्पादन हुने गरे पनि धेरैजसो घरायसी खपतमै प्रयोग भइरहेको बताउँछन्।

साहले भनेका छन्, ‘यहाँ दैनिक १० लाख लिटर दुध उत्पादन हुन्छ। त्यसमध्ये दुई लाख लिटर मात्रै औपचारिक बजारमा जाने गरेको अवस्था छ। त्यसबाहेक तीन लाख अनौपचारिक बजार र पाँच लाख लिटर घरमै खपत भइरहेको देखिन्छ।’

कृषि क्षेत्रको वर्तमान अवस्था दर्शाउँदै उनले थपेका छन्, ‘अझै पनि हामी निर्वाहमुखी नै छौँ। आर्थिक रूपमा लाभ लिन व्यापार विविधीकरण, उद्यमशीलता विकासमा ध्यान दिन नसकिएको प्रस्ट हुन्छ। प्रदेश सरकारले यो अवस्थामा सुधारका लागि पहल गरिरहेको छ।’

दुग्ध विकास बोर्डले यहाँ उत्पादित दुधलाई औपचारिक बजारमा आबद्ध गर्न सरोकारवालाहरूसँग निरन्तर छलफल तथा समन्वय गरिरहेको जनाएको छ।

कार्यकारी निर्देशक खड्काले भनेका छन्, ‘हामीले सहकारी(उद्योगबीचको समन्वय, गाउँस्तरमा दुध सङ्कलन, गुणस्तर परीक्षण, चिस्यान पूर्वाधार र मूल्य अभिवृद्धिमा लगानी बढाउन सके सुदूरपश्चिमले दुग्ध क्षेत्रबाट अझ ठूलो आर्थिक लाभ लिनसक्ने देखेका छौँ।’

दुध उत्पादनमा प्रदेशको वास्तविक अवस्था, समस्या र आवश्यकताबारे वस्तुस्थिति पहिचान गरी अगाडि बढ्ने निष्कर्ष निकाल्दै उनले दुध उपयोग रणनीति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।रासस

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.