काठमाडौँ । बागमती प्रदेशका छ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।
नेकपा एमालेका छ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले राजीनामा बुझाएका हुन्।
उनीहरूले सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। बागमतीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठबन्धन सरकार बनेको थियो। बानियाँ नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।













