धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्वसचिव डम्बर भट्टराई नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
बिहीबार धनगढीस्थित एमाले प्रदेश पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सचिव रणबहादुर चन्दलगायतका नेताहरूले भट्टराईलाई पार्टीमा स्वागत गरेका हुन्।
भट्टराई लामो समयदेखि माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मार्फत सक्रिय राजनीतिमा संलग्न थिए।
उनले विद्यार्थी आन्दोलनका साथै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।













