धनगढी । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने २० वर्षीय अन्नु कठरिया रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कठरियाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो निजलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













