धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्लाको गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय सबिन रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७१ मिलिग्राम सोही उपमहानगरपालिका-८ वस्ने १७ वर्षिय किशोर र गौरीगंगा नगरपालिका-१ घर भई हाल धनगढी उपमहानगरपालिका-७ डेरा गरी बस्ने २५ वर्षीय मायाराम चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९८ मिलिग्राम सहित कैलारी गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।













