धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर जोशीपुर गाउँपालिका-२ घर भई हाल धनगढी उपमहानगरपालिका-७ मनेहेरा कोठा गरी बस्ने १५ वर्षीय पुष्पराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबी गम्भीर घाइते भई धनगढीस्थित निसर्ग अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।













