धनगढी । कैलालीबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका-१५ उर्मी बस्ने २५ को मनिराज राना रहेको प्रहरीले जनाएको छ ।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













