• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

अझै निर्वाचन क्षेत्र पुगेनन् देउवा

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

धनगढी- आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन् । मतदान आउन महिना दिन मात्र बाँकी रहँदा प्रतिनिधिसभातर्फ जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा आइपुगेका छैनन् ।

सत्ता गठबन्धनले आइतबार कैलालीको धनगढीमा गरेको संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिर स् कान्तिपुर
हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यस पटक श्रीमती आरजु राणा देउवामार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा आइपुगेकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन कमिटीका संयोजक भीमबहादुर साउदको नेतृत्वमा अहिले देउवाको चुनावी प्रचार भइरहेको छ । देउवा कहिले जिल्ला आउँछन् भन्ने कांग्रेस नेता–कार्यकर्तालाई पनि जानकारी छैन ।

‘यही १२/१४ गतेतिर प्रधानमन्त्री जिल्ला आउने कुरा छ,’ डडेलधुरा कांग्रेस सभापतिसमेत रहेका साउदले भने । उनले देउवा नआए पनि त्यति धेरै फरक नपर्ने दाबी गर्दै चुनावी अभियानमा जिल्लाका सबै तहका नेता–कार्यकर्ता होमिएको बताए । ‘प्रधानमन्त्री पार्टी सभापति पनि भएकाले आफ्नो जिल्लामा मात्र केन्द्रित हुने कुरै भएन,’ उनले थपे ।

देउवा आइतबार सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आइपुगेका छन् । तर, पछिल्लो पटक जिल्ला कहिले आए, धेरै नेता–कार्यकर्ताले बिर्सिसकेका पनि होलान् । गत स्थानीय निर्वाचनपछि त उनी सुदूरपश्चिम आइपुगेकै छैनन् ।

उनले सुदूरपश्चिम टेकेको मिति खोज्ने हो भने गत वर्षै पुग्नुपर्छ । उनी गत वर्ष बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा यहाँ आएका थिए । ‘त्यसअघि कहिले आए ठ्याक्कै भन्न सकिँदैन,’ डडेलधुरा प्रदेश क्षेत्र–१ का कांग्रेस सभापति कैलाश पाण्डेयले भने, ‘पार्टीकै कार्यक्रममा २०७५ पछि आएको सम्झना छैन ।’

हरेक निर्वाचनमा मतदान हुन एक साताअघि मात्र देउवा जिल्ला पुग्ने गर्छन् । सामान्यतया सदरमुकाम अमरगढी, पश्चिम भेगको भागेश्वर गाउँपालिकाको बगरकोट, गृह गाउँपालिका गन्यापधुरा, अजयमेरु गाउँपालिकाको चमडा र भित्री मधेसको जोगबुढामा आमसभा गरेपछि उनको चुनावी कार्यक्रम सिद्धिन्छ ।

२०६४ को संविधानसभा निर्वाचनमा भने साविकका धेरै गाविसमा देउवा पुगेका थिए । त्यसबाहेक मत माग्न जिल्लाभरि घुमेको कांग्रेस कार्यकर्ताहरूलाई पनि सम्झना छैन । कांग्रेसका पुराना कार्यकर्ता पदम भण्डारी भन्छन्, ‘०४८, ०५१ र ०६४ बाहेकका निर्वाचनमा देउवाले भूगोल मिलाएर जिल्लाका ४ ठाउँमा आमसभा गरेर चुनावी प्रचार गरेका थिए । यस पटक के गर्छन् थाहा छैन ।’

गृहजिल्ला पुगेपछि स्थानीय होटलमा बस्ने गरेका देउवाको सदरमुकाममा आफ्नो घर छैन । गाउँ–गाउँबाट देउवालाई भेट्न कार्यकर्ता सदरमुकाम आइपुग्छन् । कार्यकर्तालाई सदरमुकाममै झिकाएर पनि उनले निर्देशन दिने गर्छन् । आफ्ना कार्यकर्ताभन्दा पनि देउवाले विपक्षी दलका नेता–कार्यकर्तालाई चुनावमा बढी समय दिने गर्छन् ।

विपक्षी दलका नेता–कार्यकर्ता पनि एक्लाएक्लै सुटुक्क देउवालाई भेट्ने गर्छन् । ‘उनीहरूसँग के कुरा हुन्छ, अहिलेसम्म कसैले बताउन सक्दैन । विपक्षी दलका नेता–कार्यकर्ता भेट्न आउँदा स्वकीय सचिव भानु देउवा पनि साथमा हुँदैनन्,’ जिल्लाका एक कांग्रेस नेता भन्छन्, ‘देउवाको चुनावी रणनीति स्वयं पार्टीका जिम्मेवार नेता–कार्यकर्ताले पनि अहिलेसम्म बुझ्न सकेका छैनन् ।’

कुनै समय थियो देउवा गाउँ–गाउँ पुग्थे । कार्यकर्ताकै घरमा बस्थे, उनकै घरमा पाकेको खान्थे । तर, डेढ दशकयता भएका चुनावमा भने उनी जिल्लाका ४र५ प्रमुख ठाउँमा मात्र आमसभा गरेर चुनाव प्रचार सकाउँदै आएका छन् । अहिले परिस्थिति बेग्लै छ, देशभरि चुनाव प्रचारप्रसार गर्ने दायित्व र उम्मेदवारहरूको दबाबका कारण जिल्लामा धेरै समय दिन नसक्नु स्वाभाविक भएको कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए ।

गत आमचुनावमा देउवा मतदान आउन चार दिनअघि मात्र जिल्ला पुगेका थिए । धनगढीको डिभोटी होटलमा मुकाम बनाएर हेलिकोप्टरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी सभामा उनी सहभागी भएका थिए । त्यसै क्रममा उनले ४ ठाउँमा चुनावी आमसभामा सम्बोधन पनि गरेका थिए । यस पटक आफ्नै सहयोगी कर्ण मल्लसँग चुनावी प्रतिस्पर्धा गरिरहेका देउवाले के गर्छन्, धेरैलाई चासोको विषय भएको छ ।

तर, देउवाले भने हरेक चुनाव जस्तै यो चुनावलाई पनि सहज रूपमा लिएको उनका सहयोगीहरू दाबी गर्छन् । प्रदेशका सामाजिक विकासमन्त्री तथा डडेलधुरा प्रदेशसभा क्षेत्र–२ का उम्मेदवार गोविन्द बोहराले भने, ‘गठबन्धनका उम्मेदवार र देउवाका लागि डडेलधुरामा कुनै समस्या नै छैन ।’

बीपी कांग्रेसका मल्ल एमालेको समर्थनमा देउवासँग प्रतिस्पर्धा गर्दै छन् । प्रदेशसभा क्षेत्र–२ मा गठबन्धनकै एकीकृत समाजवादीका तारा जोशीलाई बीपी कांग्रेसले सघाएको छ । बीपी कांग्रेसले जोशीलाई सघाएपछि केन्द्रको निर्णयविपरीत एमाले जिल्ला समितिले भने प्रतिनिधिसभातर्फ मल्ललाई सहयोग नगर्ने निर्णय गरेको छ ।कान्तिपुरबाट

 

  • देउवा
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.