• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अझै निर्वाचन क्षेत्र पुगेनन् देउवा

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

धनगढी- आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन् । मतदान आउन महिना दिन मात्र बाँकी रहँदा प्रतिनिधिसभातर्फ जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा आइपुगेका छैनन् ।

सत्ता गठबन्धनले आइतबार कैलालीको धनगढीमा गरेको संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिर स् कान्तिपुर
हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यस पटक श्रीमती आरजु राणा देउवामार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा आइपुगेकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन कमिटीका संयोजक भीमबहादुर साउदको नेतृत्वमा अहिले देउवाको चुनावी प्रचार भइरहेको छ । देउवा कहिले जिल्ला आउँछन् भन्ने कांग्रेस नेता–कार्यकर्तालाई पनि जानकारी छैन ।

‘यही १२/१४ गतेतिर प्रधानमन्त्री जिल्ला आउने कुरा छ,’ डडेलधुरा कांग्रेस सभापतिसमेत रहेका साउदले भने । उनले देउवा नआए पनि त्यति धेरै फरक नपर्ने दाबी गर्दै चुनावी अभियानमा जिल्लाका सबै तहका नेता–कार्यकर्ता होमिएको बताए । ‘प्रधानमन्त्री पार्टी सभापति पनि भएकाले आफ्नो जिल्लामा मात्र केन्द्रित हुने कुरै भएन,’ उनले थपे ।

देउवा आइतबार सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आइपुगेका छन् । तर, पछिल्लो पटक जिल्ला कहिले आए, धेरै नेता–कार्यकर्ताले बिर्सिसकेका पनि होलान् । गत स्थानीय निर्वाचनपछि त उनी सुदूरपश्चिम आइपुगेकै छैनन् ।

उनले सुदूरपश्चिम टेकेको मिति खोज्ने हो भने गत वर्षै पुग्नुपर्छ । उनी गत वर्ष बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा यहाँ आएका थिए । ‘त्यसअघि कहिले आए ठ्याक्कै भन्न सकिँदैन,’ डडेलधुरा प्रदेश क्षेत्र–१ का कांग्रेस सभापति कैलाश पाण्डेयले भने, ‘पार्टीकै कार्यक्रममा २०७५ पछि आएको सम्झना छैन ।’

हरेक निर्वाचनमा मतदान हुन एक साताअघि मात्र देउवा जिल्ला पुग्ने गर्छन् । सामान्यतया सदरमुकाम अमरगढी, पश्चिम भेगको भागेश्वर गाउँपालिकाको बगरकोट, गृह गाउँपालिका गन्यापधुरा, अजयमेरु गाउँपालिकाको चमडा र भित्री मधेसको जोगबुढामा आमसभा गरेपछि उनको चुनावी कार्यक्रम सिद्धिन्छ ।

२०६४ को संविधानसभा निर्वाचनमा भने साविकका धेरै गाविसमा देउवा पुगेका थिए । त्यसबाहेक मत माग्न जिल्लाभरि घुमेको कांग्रेस कार्यकर्ताहरूलाई पनि सम्झना छैन । कांग्रेसका पुराना कार्यकर्ता पदम भण्डारी भन्छन्, ‘०४८, ०५१ र ०६४ बाहेकका निर्वाचनमा देउवाले भूगोल मिलाएर जिल्लाका ४ ठाउँमा आमसभा गरेर चुनावी प्रचार गरेका थिए । यस पटक के गर्छन् थाहा छैन ।’

गृहजिल्ला पुगेपछि स्थानीय होटलमा बस्ने गरेका देउवाको सदरमुकाममा आफ्नो घर छैन । गाउँ–गाउँबाट देउवालाई भेट्न कार्यकर्ता सदरमुकाम आइपुग्छन् । कार्यकर्तालाई सदरमुकाममै झिकाएर पनि उनले निर्देशन दिने गर्छन् । आफ्ना कार्यकर्ताभन्दा पनि देउवाले विपक्षी दलका नेता–कार्यकर्तालाई चुनावमा बढी समय दिने गर्छन् ।

विपक्षी दलका नेता–कार्यकर्ता पनि एक्लाएक्लै सुटुक्क देउवालाई भेट्ने गर्छन् । ‘उनीहरूसँग के कुरा हुन्छ, अहिलेसम्म कसैले बताउन सक्दैन । विपक्षी दलका नेता–कार्यकर्ता भेट्न आउँदा स्वकीय सचिव भानु देउवा पनि साथमा हुँदैनन्,’ जिल्लाका एक कांग्रेस नेता भन्छन्, ‘देउवाको चुनावी रणनीति स्वयं पार्टीका जिम्मेवार नेता–कार्यकर्ताले पनि अहिलेसम्म बुझ्न सकेका छैनन् ।’

कुनै समय थियो देउवा गाउँ–गाउँ पुग्थे । कार्यकर्ताकै घरमा बस्थे, उनकै घरमा पाकेको खान्थे । तर, डेढ दशकयता भएका चुनावमा भने उनी जिल्लाका ४र५ प्रमुख ठाउँमा मात्र आमसभा गरेर चुनाव प्रचार सकाउँदै आएका छन् । अहिले परिस्थिति बेग्लै छ, देशभरि चुनाव प्रचारप्रसार गर्ने दायित्व र उम्मेदवारहरूको दबाबका कारण जिल्लामा धेरै समय दिन नसक्नु स्वाभाविक भएको कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए ।

गत आमचुनावमा देउवा मतदान आउन चार दिनअघि मात्र जिल्ला पुगेका थिए । धनगढीको डिभोटी होटलमा मुकाम बनाएर हेलिकोप्टरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी सभामा उनी सहभागी भएका थिए । त्यसै क्रममा उनले ४ ठाउँमा चुनावी आमसभामा सम्बोधन पनि गरेका थिए । यस पटक आफ्नै सहयोगी कर्ण मल्लसँग चुनावी प्रतिस्पर्धा गरिरहेका देउवाले के गर्छन्, धेरैलाई चासोको विषय भएको छ ।

तर, देउवाले भने हरेक चुनाव जस्तै यो चुनावलाई पनि सहज रूपमा लिएको उनका सहयोगीहरू दाबी गर्छन् । प्रदेशका सामाजिक विकासमन्त्री तथा डडेलधुरा प्रदेशसभा क्षेत्र–२ का उम्मेदवार गोविन्द बोहराले भने, ‘गठबन्धनका उम्मेदवार र देउवाका लागि डडेलधुरामा कुनै समस्या नै छैन ।’

बीपी कांग्रेसका मल्ल एमालेको समर्थनमा देउवासँग प्रतिस्पर्धा गर्दै छन् । प्रदेशसभा क्षेत्र–२ मा गठबन्धनकै एकीकृत समाजवादीका तारा जोशीलाई बीपी कांग्रेसले सघाएको छ । बीपी कांग्रेसले जोशीलाई सघाएपछि केन्द्रको निर्णयविपरीत एमाले जिल्ला समितिले भने प्रतिनिधिसभातर्फ मल्ललाई सहयोग नगर्ने निर्णय गरेको छ ।कान्तिपुरबाट

 

  • देउवा
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.