धनगढी । कैलालीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका-१ ब्लक नं. २५ बस्ने २१ वर्षीय दिवश डगौरा रहेको प्रहरीले जनाएको छ ।
डगौराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













