धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी र भजनी नगरपालिका–९ कुँडीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु २ लाख ४२ हजार ६५० बराबरको बिडी, सुर्ती, मिठाई, छोहरा,एक थान मोटरसाइकल लगायतका सामानहरु सोमबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













