धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सोमबार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको भजनी नगरपालिका–६ नवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८२० मिलिग्रामसहित जानकी गाउँपालिका–५ बस्ने २० वर्षीय अमर डगौरा थारु र २० वर्षीय रोहित कुमार चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी,धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने २६ वर्षीय कृष्ण रावललाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले निजले चलाएको सु.प.प्र.०१–००१ ह ४८५४ नम्वरको अटोलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ,अटो सहित रावललाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,गोदावरी नगरपालिका–८ श्रीपुरस्थित भित्र सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय निर्मल चौधरी, २७ वर्षीय कालुराम चौधरी र धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीया किशोरीलाई पक्राउ गरिएको जनाएको छ। प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ छ ।













