धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको धनगढी उपमहानगरपालिका–७ पटेला बस्ने ३५ वर्षीय पन्चराम चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु २०० जरिवाना तोकिएका चौधरीलाई प्रहरी चौकी कनरीबाट
खटिएको प्रहरीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













